Home / News / Local / चितवनको आँपपानीबाट करिव ९० केजि गाँजा बरामद

चितवनको आँपपानीबाट करिव ९० केजि गाँजा बरामद

चितवन ,फागुन २०-चितवनको राप्ती नगरपालिका ११ आँपपानीबाट करिव ९० केजि गाँजा बरामद भएको छ । सामुदायिक वनहरुमा काठ चोरी हुने गरेको सुचनाको आधारमा निगरानीको लागि गएको जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल ,सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्य सहितको टोलिले गएराती गाँजा फेला पारेका हुन् । डिजिटारबाट भण्डारातर्फ आउदै गरेको ना १ ह ९१०० नम्बरको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो । टोलिलाई देख्नासाथ अटोमा रहेका दुई जना भागेको र अन्य दुईजनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भण्डाराको टोलिलाई बुझाएको जिल्ला वन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । अन्दाजी ३०—३० केजिको ३ वटा पोकामा गाजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासंगै राप्ती नगरपालिका ४ बस्ने बर्ष २५ को राजन तामाङ र सोही स्थान बस्ने बर्ष ३७ को कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुईजनालाई लागू औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभु ढकालले बताए । चितवन र मकवानपुरको पहाडी भेगमा व्यवसायिक रुपमा नै गाजा खेती हुँदै आएको छ । त्यस्तै मकवानपुर र धादिङबाट भण्डारा हुँदै गाजाको ओसारपसार हुनेगरेको स्थानीयले बताए । केहिदिन अगाडी मात्रै सशस्त्र प्रहरी गण भण्डाराले दुई क्युन्टल गाजा बरामद गरेको थियो । पछिल्लो समय सशस्त्र प्रहरी र जिल्ला वनको टोलिले गाँजा पक्राउ गरिरहदा ईलाका प्रहरी कार्यालय भण्डाराले भने गाँजा र गाँजा ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यालय प्रमुखको रुपमा १४ महिना अगाडी प्रहरी निरीक्षक रामेश्वर त्वाती आएदेखी ठुलो परिमाणमा प्रहरीले गाँजा बरामद गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले भने उक्त क्षेत्रमा निगरानी बढाइने जनाएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *