Home / Entertainment / भूकम्पले युवामा ल्याएको परिवर्तन हो ‘गाँजाबाजा’: निर्माण टिम

भूकम्पले युवामा ल्याएको परिवर्तन हो ‘गाँजाबाजा’: निर्माण टिम

चितवन, फागुन २०– दुई वर्ष अगाडि छायाँकन सम्पन्न गरिएको नेपाली चलचित्र ‘गाँजा बाजा’ फागुन २५ देखि प्रदर्शनमा आउने भएको छ । प्रचार–प्रसारको क्रममा देश दौडामा रहेको ‘गाँजा बाजा’ टिमले आज भरतपुरमा पत्रकार समेलन गर्दै सो चलचित्र बारेमा जानकारी दिएको हो । चलचित्र नामको कारण अहिले विवादमा छ ।विनाशकारी भूकम्प पछि युवाहरुमा आएको सोँचको परिवर्तन र लागुपदार्थ ‘गाँजा’को लतमा लागेका केटाहरुको कथा आधार बनाई चलचित्र ‘गाँजा बाजा’ बनाइएको लेखक तथा निर्देशक गणेश देव पाण्डेले बताउनु भयो । हालका युवायुवतीले बोल्दा प्रयोग गर्ने शव्दहरुलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको भएपनि समाजमा असर पर्ने कुनै नकारात्म सन्देश फिल्मले नदिएको बताउनु भयो । चलचित्र ‘गाँजा बाजा’ मा रविन थापाले दर्सकले आफुलाई ‘लुरे’को भुमिकामा देख्ने बताए । यस्तै चलचित्र ‘गाँजा बाजा’ बाट आफनो अभिनय यात्रा शुरु गरेका अमर सुवेदीले चलचित्र उत्कृष्ठ भएको बताए । टुक इंटरटेनमेन्ट र डिआर फिल्मसको ब्यानरमा बनेको चलचित्र ‘गाँजा बाजा’ मा अनुपम शर्मा, शुसिला सिटौला, वर्षा शिवाकोटी, रवीन थापा, उद्धवराज भट्टराई, अम्बर सुबेदी, गोपाल अर्याल, रक्षा श्रेष्ठ, कुविर सुव्वा, रन्धिर शाह, शुष्मा पाख्रिन, प्रकाश भुजेल, राजु थापा, श्याम भण्डारी, देवकुमार श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । शुशिल सिटौला र अनुपम शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘गाँजा बाजा’ मा उनीहरु क्रमशः गोरे र डडेको भुमिकामा दर्शकले देखन पाउने छन् । चलचित्र ‘गाँजा बाजा’ को टिम आज पोखरा हुँदै चितवन आएको हो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *