Home / News / Local / विकाश रनिङ शिल्डः विभागीय टोली एपीएफ क्लव फाईनलमा प्रवेश

विकाश रनिङ शिल्डः विभागीय टोली एपीएफ क्लव फाईनलमा प्रवेश

चितवन, फागुन १६– विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमीफाईनल खेलमा फ्रेण्डस क्लव काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले नै १७ औं मिनेटमा थप गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको ३० औं मिनेटमा रुपबहादुर लामा थप गोल गर्दै एपीएफको जित सुनिश्चित गरे । फ्रेण्डसका लागि दोस्रो हाफको १९ औं मिनेटमा जोनल ग्लोरीले एक मात्र गोल गरे । खेलमा दुई गोल गरेका एपीएफका सन्तोष श्रेष्ठ म्यान अफ दि म्याच बने । प्रतियोगिता अन्तरगत दोस्रो सेमीफाईनलमा भोली (विहीबार) मनाङ मस्याङदी क्लव र थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *