Home / Entertainment / ‘मंगलम’ पूर्ण पारिवारिक चलचित्र भएको निर्माण टोलीको दावी

‘मंगलम’ पूर्ण पारिवारिक चलचित्र भएको निर्माण टोलीको दावी

चितवन, फागुन १५– नेपाली चलचित्रले सोँचेजस्तो व्यापार गर्न नसके पनि चलचित्र निर्माण गर्नेमा भने कमि आएको देखिदैन । यसैक्रममा पछिल्लो समयकी चर्चित नायिका शिल्पा पोखरेलले निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम’ रिलिजको तयारीमा छ । चलचित्रको प्रचारका लागि देश दौडाहमा रहेको चलचित्र ‘मंगलम’ टोलीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिएको हो । चलचित्र ‘मंगलम’ फागुन २५ गतेबाट देशभरी प्रर्दशनमा आउने भएको छ । हेटौडाको प्रचार–प्रसार सकेर ‘मंगलम’ को टिम आज भरतपुर आइपुगेको हो । चलचित्र मंगलमका कार्यकारी निर्माता छविराज ओझाले आफुले निर्माण गरेको २३ औँ चलचित्र ‘मंगलम’ अन्य चलचित्र भन्दा फरक रहेको बताएका छन् । निर्माता ओझाले चलचित्र बनाउनु आफ्नो पेशा भएकोले राम्रो चलचित्र बनाउनु कर्तव्य रहेको बताउदै चलचित्र ‘मंगलम’ उत्कृष्ट बनेको दावि समेत गरे । छविराज प्रोडक्शनमा निर्माण भएको यस चलचित्रमा द्धन्द्धका दृश्य नभए पनि चलचित्र भित्र अन्तरसम्बन्ध द्धन्द्ध भने रहेको ओझाले बताए । चलचित्र ‘मंगलम’ युवायुवतीको प्रेम भन्दा पनि आमा छोरा र बुबा छोराको प्रेमकथामा आधारित रहेको निर्देशक नवल नेपालले बताए । चलचित्र ‘मंगलम’ दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक नेपालले पुस्तकालमा राखिएको मुनामदन किन पढ्ने भनेकोजस्तै रहेको बताए । पैसाका लागि भन्दा पनि आत्मा सम्मानका चलचित्र निर्माण गरेको बताउदै निर्देशक नेपालले सामाजिक तथा पारिवारिक कथा बस्तु समेटिएकोले दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । प्रचारको क्रममानै रहेकी नायिका एवम् निर्मात्री शिल्पा पोखरेलल चलचित्रमा माया प्रेमका कुरामा बढि जोड दिएको र आमाबुवा, दिदिवहिनीसंगै बसेर मजाले हेर्न सक्ने खालको चलचित्र बनेको बताउनुभयो । समाजमा घटिरहेको विकृति र दुःख, सुखको सन्तुलन रहेको चलचित्र ‘मंगलम’ प्रर्दशन पछिको दर्शकको प्रतिक्रियाले आफ्नो अभिनय क्षेत्रमा पनि सकारात्मक प्रभावसंगै चुनौति बढ्ने नायक पुष्प खड्काले बताए । एक करोड भन्दा बढिको लागतमा निर्माण भएको चलचित्र मंगलम काठमाण्डौ र काठमाण्डौ आसपासको क्षेत्रमा ३३ दिन लगाएर छायाँङकन गरिएको हो । चलचित्र ‘मंगलम’ मा पुष्प खड्का, शिल्पा पोखरेल, मिथिला शर्मा, निर शाह, पृथ्वीराज प्रसाई, साम्रागी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ । यस चलचित्रको गीत ‘पर्ख पर्ख मायालु’ युुटुभमा अत्याधिक रुचाइएको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *