Home / Entertainment / आफ्नै नक्कल हेर्दा लालबाबु गदगद

आफ्नै नक्कल हेर्दा लालबाबु गदगद

२४ भदौ, काठमाडौं । आफैंमाथि गरिएको हास्यव्यंग्य हेर्दा धेरै नेताहरु भित्रभित्रै मुर्मुरिन्छन् । तर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने खुशीले गदगद भए ।

हास्यकलाकार मनोज गजुरेलले आफ्नो नक्कल उतारेको हेरेपछि मन्त्री पण्डितले भने, ‘मूलरुपमा उहाँहरुले १०० मा १०० प्रतिशत सन्देश जाने गरिकन त्यो गर्नुभएको रहेछ, म भित्रैदेखि खुशी छु, किनकि मेरो सकारात्मक कामलाई प्रोत्साहन गर्नुभएको छ ।’

प्रज्ञाभवनमा आयोजित गाईजात्रा हेर्न बुधबार दलबलसहित पुगेका थिए मन्त्री पण्डित । उनका साथमा श्रीमती, छोरी तथा सचिवालय र मन्त्रालयका कर्मचारीहरुसमेत थिए । आफ्नो भेषमा साइकल चढेर आएका गजुरेललाई देखेपछि पण्डितले कुर्सीबाट उठेर गजुरेललाई अंकमाल गरे ।

प्रहसनको बीचबीचमा मन्त्री पण्डित मज्जाले हाँस्दै ताली ठोकिरहेका देखिन्थे ।

via:OnlineKhabar

About hamrofm

Check Also

‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

गतबर्षको सफल फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट चर्चामा आएका अभिनेता खगेन्द लामिछानेको अर्को आशालाग्दो फिल्म ‘पशुपतिपूसाद’को …

2 comments

  1. Eventually I answer an advert in the Ship Inn looking for PRs for a new night at one of the big clubs. Not only do I get the job – which, it transpires, pays in grams as well as much-needed Euros – but a workmate points me in the direction of a vacant, one-bedroom basement flat. It’s dark, damp and smelly, overrun with cockroaches, has no natural light and offers little change out of €800 a month. I take it.

    • “The shower?” I ask the witch, thinking I’ve heard her wrong. “Yes. Is it possible?” comes the reply. “I have some problem – with the pee,” she adds, pointing to her crotch. I hear something expensive-sounding shatter in the living room just as the witch enters the bathroom, slamming the door behind her.

Leave a Reply

Your email address will not be published. Required fields are marked *