Home / News / International / चितवनमा दोस्रो ‘फगुवा साँस्कृतिक महोत्सव’ हुने

चितवनमा दोस्रो ‘फगुवा साँस्कृतिक महोत्सव’ हुने

चितवन, फागुन १०– चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ । होली (फगुवा)को दिन पारेर फागुन १७ र १८ गते फगुवा साँस्कृतिक महोत्सव हुन लागेको हो । प्याराडाईज युवा क्लवले रत्ननगर–७ सिसुवार चौरमा महोत्सव आयोजना गर्न लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय बनाईने महोत्सवका संयोजक शरद कुमार चौधरीले जानकारी दिनुभयो । उहाँले महोत्सवमा थारु समुदायले मनाउने फगुवा (होली)लाई विशेष रुपमा प्रस्तुत गरिने बताउनुभयो ।संयोजक चौधरीले भन्नुभयो–“थारु समुदायले फगुवालाई विशेष रुपमा मनाउँछौं, दुई दिनसम्म मनाईने यस चाडलाई महोत्सवमा उतार्न खोजेका हौं ।” महोत्सवको चिर पोलेर उद्घाटन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा स्थानीयबासी चर्चित राष्ट्रिय कलाकार मिलन लामा, युवा गायक मनोज महतोलगायतको सांगीतिक प्रस्तुती समेत रहनेछ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ ।

About Editor Hamrofm

Check Also

भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

चितवन १० चैत्र – भरतपुर महानगरपालिका वडा नम्बर ८ र स्कुल अफ हेल्थ साईन्स भरतपुरको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *