Home / News / Local / सन्दिप लामिछाने र प्रशिक्षक राजु खड्कालाई चितवन क्रिकेट संघको सम्मान

सन्दिप लामिछाने र प्रशिक्षक राजु खड्कालाई चितवन क्रिकेट संघको सम्मान

चितवन,फागुन ९- इन्डियन प्रिमियर लिगमा अनुबन्ध भएका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई भरतपुरमा सम्मान गरिएको छ । चितवन क्रिकेट संघले सन्दिप लामिछानेसंगै उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । लामिछानेलाई नगद २० हजार र खड्कालाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । सो अवसरमा वोल्दै क्रिकेटर सन्दिप लामिछानेले आफू यो स्थानसम्म पुग्न धेरै अग्रजको योगदान रहेको वताए । उनले त्यसमा पनि प्रशिक्षक राजु खड्काको भूमिका झन् प्रमुख रहेको बताए । उनले आफ्ना प्रशिक्षक संगै सम्मानित हुन पाएकोमा निकै खुसी लागेको वताए । चितवनमा क्रिकेट खेलका लागि खेलमैदानको अभाव रहको भन्दै उनले अन्तराष्ट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन गर्न त्यही खालको खेलमैदान बनाउन माग गरे । यस्तै प्रशिक्षक राजु खड्काले सन्दिप मेहनती,लगनशिल र अनुशासित भएका कारण यो स्थानसम्म पुग्न सफल भएको वताए । चितवनले सन्दिप जस्ता थुप्रै खेलाडी जन्माउन सक्ने भन्दै उनले त्यसका लागी स्रोतसाधनको अभाव रहेको बताए । आगामी आईपीएलमा दिल्ली डेयर डेविल्सले सन्दिपलाई भारतीय २० लाखमा टिममा अनुबन्ध गरेको हो । सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । आईपीएलमा अनुबन्धसँगै सन्दिप चर्चामा छन् । पछिल्लो साता नामिवियामा भएको डिभिजन टुको खेलबाट नेपाललाई डिभिजन वानमा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दिपले सो प्रतियोगितामा १७ विकेट लिएका थिए ।
डिभिजन वानमा बढुवा भएसँगै नेपालले विश्वकप एक दिवसीय क्रिकेटको छनौट खेल खेल्न पाउने छ । कार्यक्रम चितवन क्रिकेट संघका प्रवक्त्ता अनिल अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *