Home / News / Local / विकाश रनिङ शिल्ड प्रतियोगिताः नारायणगढ फुटबल क्लव विजयी

विकाश रनिङ शिल्ड प्रतियोगिताः नारायणगढ फुटबल क्लव विजयी

चितवन, फागुन ९– चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा नारायणगढ फुटबल क्लव (एनएफसी) विजयी भएको छ । नारायणगढले सडेनदेथमा एन्फाको यु १९ टोलीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा दुवै टिमले ३–३ गोल गरेपछि सडेनदेथको आधारमा नारायणगढ विजयी भएको हो ।आजको खेलमा एनफाका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भोली (विहीबार) विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव र भरतपुर फुटबल क्लव (बिएफसी)बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतका एक गरि कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । दर्शकको सहजताको लागि मैदानमा प्याराफिटको व्यवस्था गरिएको छ ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *