Home / Entertainment / ‘पञ्चेबाजा’ टोली चितवनमा, नायिका जश्मीनले खुलाईन् प्रेमको कारण (भिडियोसहित)

‘पञ्चेबाजा’ टोली चितवनमा, नायिका जश्मीनले खुलाईन् प्रेमको कारण (भिडियोसहित)

चितवन, फागुन ९– नेपाली चलचिल ‘पञ्चेबाज’ को टोली प्रचार–प्रसार गर्दै चितवन आएको छ । यही फागुन ११ देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र युनिट प्रचार–प्रसारका लागि मोफल छिरेको हो । भरतपुरमा आज गरिएको पत्रकार भेटघाटमा बोल्दै फिल्म युनिटले चलचित्रको बारेमा प्रकाश पारेका थिए । चलचित्रका निर्देशक घनश्याम लामिछानेले ‘पञ्चेबाजा’ प्रेमकथालाई नेपाली मौलिक शैलीमा उठान गरेर निर्माण गरिएको बताउनु भयो । चलचित्रमा नायक सौगात मल्ल र कर्माको प्रेमयुद्धलाई शिलशिलावद्ध तरिकाले प्रस्तुत गरिरहँदा बुद्धि तमाङको कमेडीले चलचित्रमा मनोरञ्जनको प्याकेज बनेको उहाँले बताउनुभयो । नायिका जश्मिन श्रेष्ठले चलचित्र उत्कृष्ट भनेको भन्दै चलिचित्रबाट आफनो करियर अगाडि बढाउन सहज हुने बताउनुभयो । उहाँले चलचित्रमा आफ्नो भुमिकाको बारेमा प्रस्ट पार्नुभयो ।

पञ्चेबाजामा चर्चित कलाकारहरु सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, श्रृजना सुब्बा, बुद्धि तमाङ “हैट“ लगायतका कलाकारको अभिनय रहेको छ । झण्डै एक करोड ५० लाखको लागानीमा निर्माण गरिएको चलचित्र ‘पञ्चेबाजा’लाई राजेश शाहीले निर्माण गरेका हुन् । शाहीले चलचित्र एक वर्ष लागेर स्कृप्टको एक/एक लाईन केलाएर उत्कृष्ट चलचित्र बनाउन सफल भएको बताउनु भयो । ‘पञ्चेबाजा’ चलचित्रका वितरक केदारप्रसाद पराजुलीले ‘पञ्चेबाजा’ ‘ए’ ग्रेटको चलचित्र बनेको भन्दै देश बाहिरबाट पनि चलचित्र प्रदर्शनको माग आएको बताउनु भयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *