Home / News / Local / चितवनमा विकाश रनिङ शिल्ड फुटबल सुरु, फ्रेण्डसको विजयी सुरुवात

चितवनमा विकाश रनिङ शिल्ड फुटबल सुरु, फ्रेण्डसको विजयी सुरुवात

चितवन, फागुन ८– चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आज (मंगलबार)देखि १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन खेलमा विजय युथ क्लव हेटौंडालाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंको फ्रेण्डस क्लवले विजयी सुरुवात गरेको छ । फ्रेण्डसका लागि पहिलो हाफको २९ औं मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । उनी म्यान अफ दि म्याच समेत भए । विजय युथले पाएको थुप्रै मौकास सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । फ्रेण्डसले अब अर्को खेलमा नेपाल आर्मीको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत भोली (बुधबार) नारायणगढ फुडबल क्लव (एनएफसी) र एन्फा ऐकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतका एक गरि कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । दर्शकको सहजताको लागि मैदानमा प्याराफिटको व्यवस्था गरिएको छ ।

About Editor Hamrofm

Check Also

व्यवसायी तिवारीले गरे नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंयाँ सहयोग

चितवन १० असोज– चितवनका व्यवसायी गोविन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंयाँ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *