Home / News / Local / चितवनमा प्रचण्डको हातबाट रेणु दाहालले पाइन् सम्मान

चितवनमा प्रचण्डको हातबाट रेणु दाहालले पाइन् सम्मान

चितवन,फागुन ८- भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयले पूर्वविद्यार्थी तथा भरतपुर महानगरपालिकाकी नगर प्रमुख (मेयर) रेणु दाहाललाई सम्मान गरेको छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेयर दाहाललाई सम्मानित गरेका हुन् । विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसरमा विभिन्न क्षेत्रमा प्रगति गरेका पूर्वविद्यार्थीलाई सम्मानित गर्ने क्रममा मेयर दाहाल सम्मानित भएकी हुन् । चितवनको प्रदेश ३ (ख)का प्रदेशसभा सदस्य रामलाल महतो, जिल्ला समन्वय समिति चितवनकी सदस्य सीता पुन, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुण भण्डारी, वडा नम्बर २२ का अध्यक्ष विष्णु महतो, सदस्यहरू सोमबहादुर गुरुङ, देउमाया विक र प्रेमबहादुर थापा, वडा नम्बर १४ का अध्यक्ष प्रकाश गुरुङ तथा गायक अमर विरही गुरुङ र सागर आलेलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले विद्यालयसँग आफ्नो राजनीतिकमात्र नभई पारिवारिक र विशिष्ट सम्बन्ध रहेको बताए।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *