Home / News / Local / महाधिवेशनसम्म को–चियर पद्धती, आजैदेखि म अध्यक्ष, ओली पाँच वर्षसम्म प्रधानमन्त्रीः प्रचण्ड

महाधिवेशनसम्म को–चियर पद्धती, आजैदेखि म अध्यक्ष, ओली पाँच वर्षसम्म प्रधानमन्त्रीः प्रचण्ड

चितवन, फागुन ८– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो महाधिवेशनसम्म को–चियर पद्धतीमा पार्टीको नेतृत्व रहने स्पष्ट पार्नुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सैद्धान्तिक रुपमा आजैबाट एक भएको पार्टीको अध्यक्ष दुवै नेता रहने बताउनुभयो । उहाँले बैठकको अध्यक्षतामा पनि पालैपालो गर्ने सहमती भएको बताउनुभयो । उहाँले वैधानिक रुपमा पार्टी दर्ता नभएपनि हिजो रातीबाट नै पार्टी एकीकरण भई सकेको स्पष्ट पार्नुभयो । उहाँले अबको पाँच वर्षसम्म पनि पार्टीको तर्फबाट केपी शर्मा ओली नै प्रधानमन्त्री रहने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकताले सबैमा उत्साह छाएको र देश विदेशको ध्यान समेत तानेको बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टी एकीकरण जनताको निम्ति, नेपालको निम्ति, दक्षिण एशियामा असर पर्ने तरिकाले भएको छ, यो सामान्य एकीकरण होईन् ।” अध्यक्ष प्रचण्डले आगामि दिनमा नेपाल समृद्धिको यात्रामा सफल हुने विश्वास व्यक्त गर्दैमा सबै तहका नेता, कार्यकता तथा जनतालाई बधाई समेत दिनुभयो । एकीकरण हुँदा केही नेताहरुमा असन्तुष्टी छ नी भन्ने भन्ने पत्रकारहरुको जिज्ञाशामा उहाँले भन्नुभयो–“पार्टी एकीकरण हुँदा कहि कतै असन्तुष्टि छैन, बरु खुशीयाली मनाई रहनु भएको छ ।” यस्तै अध्यक्ष प्रचण्डले एक डेढ वर्ष भित्रमै पार्टीको एकता महाधिवेशन गर्ने जानकारी दिनुभयो । हिजो बेलुका सहमती हुँदा बनेको दुई वटा कार्यदलले केही साता भित्रै दिने प्रतिवेदनको आधारमा पार्टी एकीकरणको औपचारिक घोषणा र पूुर्ण खाका तय हुने अध्यक्षको प्रचण्डको भनाई छ । यस्तै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनष्टि पार्टीको कुनै अर्थ नरहेको भन्दै आफूहरुको नेतृत्वको पार्टी मात्रै बैधानिक पार्टी रहेको स्पष्ट पार्नुभयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *