Home / News / Local / संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्छौंः महामन्त्री कोइराला

संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्छौंः महामन्त्री कोइराला

चितवन,फागुन ८– नेपाली काँग्रेसका महामन्त्री डां. शशांक कोइरालाले संसदिय दलको नेतामा पार्टी सभापति शेरवहादुर देउवाको विकल्प खोजिने वताउनुभएको छ । आज भरतपुरमा पत्रकारसंग कुरागर्दै कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भैसकेकाले संसदिय दलमा विकल्प खोजिने वताउनुभयो । उहाँले सर्वसम्मत भएमा आफूपनि संसदिय दलको नेता हुन तयार रहेको वताउनुभयो । “कोइरालाले भन्नुभयो,सभापती देउवा र प्रकाशमान सिंहको कुरा चलेको छ,सर्वसम्मत भए म पनि संसदिय दलको नेता बन्न तयार छु, होइन भने पार्टी सभापतिको विकल्प खोजिन्छ । महामन्त्री कोइरालाले महासमिति र केन्द्रिय समितिको वैठक आव्हान गरेर पार्टी सुदृढिकरणको अभियानमा लाग्ने वताउनुभयो । एमाले–माओवादीको एकताले नेपाली काँग्रेसलाई चुनौती थपेको उहाँको भनाई छ । कोइरालाले भन्नुभयो,दुई कम्युनिष्टको एकिकरणले प्रतिस्पर्धामा कठिन हुन्छ,काँग्रेस सुदृढिकरण बनाउनुपर्छ, काँग्रेस विपक्षमा वस्दा संगठित हुने सम्भावना वढ्छ । यो एकताले काँग्रेसलाई ठिक बनाउनुहोस भन्ने सन्देश दिएको कोइरालाले वताउनुभयो । उहाँले काँग्रेस पनि विचार मिल्ने दल र नेताहरुसंग एकिकरण गर्दै जाने दावी गर्नुभयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *