Home / News / Local / शान्तिचोकमा भएको सवारी दुर्घटनामा परि वडा अध्यक्षको मृत्यु

शान्तिचोकमा भएको सवारी दुर्घटनामा परि वडा अध्यक्षको मृत्यु

चितवन ७ फागुन– पूर्वी चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परि खैरहनी नगरपालिका ५ का वडा अध्यक्ष विश्व विजय वस्नेतको मृत्यु भएको छ । आइतवार साँझ भएको दुर्घटनामा बडा नम्वर ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् । ना ३ च ८९४० नम्वरको वोलेरोले बडाध्यक्ष सवार बा २ झ १३४४ नम्वरको सरकारी गाडीलाई ठक्कर दिँदा सो दुर्घटना भएको छ । बोलेरोको ठक्करवाट वडाध्यक्षको घटना स्थलमानै मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । अर्का वडा अध्यक्षको पनि अवस्था गम्भिर रहेको छ । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । दुर्घटनामा एक साइकलयात्री समेत घाइते भएका छन् । खैरहनी नगरपालिका १ बस्ने राम वहादुर घाइते भएको प्रहरीले जानकारी दिएको छ । वोलेरोले बा ४ ख १७४८ नम्वरको टिप्परलाई ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *