Home / News / National / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधन

काठमाण्डौ ३ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आकस्मिक निधन भएको छ । काठमाडौंको लाजिम्पाटस्थित निवासमा हृदयाघातपछि अचेत अवस्थामा नर्भिक अस्पतालमा भर्ना गरिएका प्रकाशको निधन भएको हो । उनलाई आज बिहान ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । झापाको बिर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् । परिवारका अन्य सदस्यहरु पनि अहिले अस्पतालमा पुग्ने क्रम जारी रहेको छ । अस्पतालमा परिवारका सदस्य र शुभचिन्तकहरुको भीड लागेको छ । प्रकाश पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोराछोरी छन् । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आज विहान निधन भएपछि चितवनमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आजको सबै चुनावी कार्यक्रम स्थगित गरेका छन् ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *