Home / News / National / सरकारले भोलिदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने

सरकारले भोलिदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने

चितवन २७ कार्तिक – सरकारले भोलिदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपमान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *