Home / News / Local / चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता – दाहाल

चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता – दाहाल

चितवन २७ कार्तिक – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय बढेको सुरक्षा चुनौतीमा सरकार नै प्रमुख दोषी भएको आरोप लगाउनुभएको छ । चितवनको शिवनगरमा आज सञ्चारकर्मीसंग दाहालले माओवादी विरुद्ध नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर कांग्रेसकै निर्देशनमा माओवादी नेतामाथि आक्रमण भएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्ट गठबन्धनलाई अधिनायकवादको संज्ञा दिने तर आफैं त्रास फैलाउन खोजेको भन्दै उहाँले सरकारलाई आफ्नो रबैया तत्काल सुधार्न आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ । चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने उहाँको भनाई छ । विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको भन्दै उहाँले काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको पनि दाबी गर्नुभयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *