चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ ।हिजोदेखि सवारी रोक्ने भनिएपनि उच्च सवारी चापका कारण आजदेखि मात्र भित्तो काट्ने काम गरिने भएको हो । सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका आजदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने छ । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँंदै आएको थियो ।नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।
Home / News / Local / नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने
Check Also
चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा
चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …