Home / News / Local / निशुल्क मुटु तथा मधुमेह परिक्षण सम्पन्न

निशुल्क मुटु तथा मधुमेह परिक्षण सम्पन्न

चितवन २५ कार्तिक– नेपाल हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखा , रोटरी क्लब अफ नारायणगढ र रोट(याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजनामा  नारायणगढ स्थित  बालकुमारी उच्च माध्यमिक विद्यालयको  परिसरमा निशुल्क   मुटु तथा मधुमेह  परिक्षण सम्पन्न भएको छ । परिक्षणमा विद्यालयका करिब पाँच सय जना छात्रछात्राहरू एवम् अन्य  दुईसय पचास  सर्वसाधारणहरुले  मुटु तथा मधुमेह परीक्षण गराएका हुन् । पुरानो मेडिकल कलेज भरतपुरका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरू कौशलतिवारी र शंकर लौडारीको नेतृत्वमा युरोपियन  मुटुरोग विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको शुरुवातमा बोल्दै नेपाल हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष ई भोजराज कौडेलले चितवनका विभिन्न संघ–संस्थाहरूसँग मिलेर संयुक्त रुपमा  विभिन्न स्थानहरूमा मुटु तथा मधुमेह रोगको  परीक्षणहरू गरिँदै आएको जानकारी गराउनुभयो । सो  स्वास्थ परीक्षण शिविरमा विद्यार्थी तथा अन्य सर्बसाधारणको  उच्च रक्तचाप तथा मधुमेह परीक्षण, मुटुको एक्सरे तथा कार्डियोग्राफी गरिएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानले बताउनुभयो । क्लबका निबर्तमान अध्यक्ष संजय श्रेष्ठले मुटु मानव शरीरको महत्वपूर्ण अंग भएकोले बिद्यार्थी माझ  यस सम्बन्धि जनचेतना जगाउन बिद्यालय परिसरमा कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा रोटरी क्लबअफ नारायणगढका पूर्व अध्यक्ष, सदस्यहरू, रोट(याक्ट क्लब अफ नारायणगढ का पूर्व अध्यक्ष एवम् सदस्यहरू, बालकुमारी उच्च मा.वि., नारायणगढका शिक्षक शिक्षिकाहरुले  सहयोग गर्नु भएको थियो  ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *