Home / News / National / सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ५०१० नम्बरको माइक्रो दैलेखको सियाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दुइजनाको सनाखत हुन सकेको छैन भने एकजना सुर्खेतका पारस तिवारीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । र्दुर्घटनामा  अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि सुर्खेत पु¥याइएको र घाइते मध्ये केही अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी तीव्र गतीका कारण दुर्घटनामा परेको बताइएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *