Home / News / Local / ‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि सविन गुरुङले जिते

‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि सविन गुरुङले जिते

चितवन ५ असोज– भरतपुरमा सम्पन्न ‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि चितवन बक्सिङ संघका खेलाडी सविन गुरुङले जितेका छन् । जिल्ला युवा समिति चितवनको आयोजना र धनगढा एकिकृत विकास समितिको मुल व्यवस्थापनमा भएको प्रतियोगितामा टाक्सफोर्स नेपालका नरेन्द्र वुढा दोस्रो र एपिएफका प्रकाश सिंह भाट तेस्रो भएका छन् । दशैंको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने गुरुङले भरतपुर १२ को करिव ८ किलोमिटरको दुरी २४ मिनेटरमा पार गरेका थिए । यस्तै दोस्रो हुने बुढाले २५ मिनेट र तेस्रो हुने भाटले २६ मिनेटमा दुरी पार गरेका छन् । विजेताले प्रमाणपत्र सहित क्रमशः २० हजार ,१५ हजार र १० हजार नगद प्राप्त गरेका छन् । विजेताले प्रमाणपत्र सहित क्रमशः २० हजार ,१५ हजार र १०  हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा ५६ जना धावकहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अघि भएको औपचारिक कार्यक्रममा वोल्दै प्रमुख अतिथि सांसद कृष्णभक्त्त पोखरेलले स्थानिय स्तरमा नियमित प्रतियोगिता भएमात्र खेल क्षेत्रको विकाश हुने वताउनुभयो । उहांले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने भएकाले खेललाई विशेष प्रथामिकता दिनुपर्ने वताउनु भयो । यस्तै जिल्ला युवा समिति चितवनका सभापति अस्मिन घिमिरेले युवालाई खेलकुदमा प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको वताउनु भयो । युवाको सहभागिताले आगामी दिनमा पनि यस्तै प्रतियोगिता गर्न प्ररणा मिलेको घिमिरेको भनाई छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा.तिलचन्द्र भट्टराई,इन्टरनेशनल सिमेन्ट प्रालि विरगन्जका प्रवन्ध निर्देशक बद्री कंडेल,जिल्ला युवा समिती चितवनका कार्यालय प्रमुख भुमिलाल सुवेदी,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त लगाएतको उपस्थिती रहेको थियो ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *