Home / News / Local / केरुङगा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

केरुङगा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

चितवन ५ असोज– चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । बिहान ११ बजे पश्चिम चितवनको पदमपोखरी स्थित केरुङगा खोला तर्न लाग्दा खोलाले बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका थिए । गीतानगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *