Home / News / Local / सकारात्मक सोचका साथ नारायणगढको भृकुटी पथलाई भृकुटीपथ ट्राफिक व्यवस्थापनको रुपमा शुभारम्भ

सकारात्मक सोचका साथ नारायणगढको भृकुटी पथलाई भृकुटीपथ ट्राफिक व्यवस्थापनको रुपमा शुभारम्भ

चितवन ५ असोज– सकारात्मक सोचका साथ नारायणगढमा रहेको भृकुटी पथलाई आजबाट भृकुटीपथ ट्राफिक व्यवस्थापनको रुपमा शुभारम्भ गरिएको छ । भृकुटी पथ बजार व्यवस्थापन समिति र भृकुटीपथ टोल विकास संस्था भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सो टोललाई ट्राफिक मैत्री बनाईएको हो । सकारात्मक सोच अर्थात् हामीले गरे के हुदैंन र भन्ने उद्देश्यले सो टोललाई ट्राफिक मैत्री बनाईएको आयोजकले जनाएको छ । जनघनत्वको वृद्धिसगैं नारायणगढ बजारमा अस्तव्यस्त भएको ट्राफिक व्यवस्थापनलाई थप सहयोग गर्ने हेतुले लामो समयदेखि व्यवस्थापन गर्ने भनिएको तर विविध कारणले गर्न नसकिएको र महानगरपालिका भए पश्चात चाडपर्वलाई लक्षित गरेर आज शुभारम्भ गरिएको व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । वडानम्बर १ का अध्यक्ष जयराम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष चुननारायण श्रेष्ठ, भृकुटीपथ टोल विकास संस्थाका अध्यक्ष विनय श्रेष्ठ, मेनरोड टोल विकास संस्थाका अध्यक्ष शम्भु बांनिया लगायत अन्य टोल विकास संस्थाका प्रतिनिधिहको उपस्थिति रहेको थियो । व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रतिनिधि सहित वडाका जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

About Editor Hamrofm

Check Also

२०७५को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चितवन,बैशाख १- पर्बत लिमिठाना चितवन सम्पर्क मन्चले नयाँ वर्ष २०७५को अवसरमा शुभकामना आदानप्रदान तथा ७० …

Leave a Reply

Your email address will not be published. Required fields are marked *