Home / News / Local / चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाईफसको संक्रमण

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाईफसको संक्रमण

चितवन ५ असोज– चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाईफस रोगको संक्रमण देखिएको छ । भदौको २० गतेदेखि असोज तीन गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदन अनुसार २८ जनामा संक्रमण देखिएको हो । भदौको २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रण निरिक्षक रामकुमार केसीका अनुसार आर्थिक बर्ष २०७४÷७५ शुरु भएपछि जिल्लामा कुल १८२ जनामा स्क्रब टाईफस संक्रमण भैसकेको छ । उक्त रोगबाट २ जनाको मृत्यु भएको छ । माईट नामको एक प्रकारको सुक्ष्म किरा(किर्ना)ले टोकेमा स्क्रब टाईफस रोग सर्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरिर पनि दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने ईपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्मा बताउनुहुन्छ । उहाँका अनुसार यो बर्ष नेपालमा ३२ भन्दा बढी जिल्लामा यो रोग देखिएको छ । ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिम हुन्छ । नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखा परेको थियो । चितवनमा २०७३ सालमा पहिलो पटक रोग भएको पुष्टि भएको थियो । जिल्लामा डेंगु रोग भने ९ जनामा देखिएको छ । डेंगु नियन्त्रणका लागि जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा केही दिन अघि डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान समेत सञ्चालन गरिएको थियो । यस्तै मौसमी रुघाखोकीबाट झण्डै ४०० जना प्रभावित भएको जनस्वास्थ्य कार्यालय चतिवनका किट नियन्त्रण निरिक्षक राम केसीले जानकारी दिनुभयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *