Home / News / Local / अक्सफोर्ड कलेजमा माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा सम्पन्न

अक्सफोर्ड कलेजमा माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा सम्पन्न

चितवन १८ भाद्र– गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टले माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा गरेको छ । अक्सफोर्ड एस टेक २०१७ मा १३ बिद्यालय तथा कलेजका २२ समूहले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागिहरुले प्रदर्शनिले आत्मबल बढेको र रोवर्ट यन्त्रबारे बुझ्ने मौका पाएकोमा खुसि ब्यक्त गरेका थिए । प्रदर्शनिका लागि अक्सफोर्ड स्कूलमा कक्षा ११ मा कम्प्युटर साईन्स अध्ययनरत बिद्यार्थी सौरभ कँडेल सहितको समूहले स्वचालित रोवर्ट तयार गरेका हुन् । उनीहरुले बत्ती तापक्रम र सेन्सरले नियन्त्रण गर्ने रोवर्ट बनाएका थिए । रोवोरेसमा ८ बिद्यालयले सहभागिता जनाएकामा अक्सफोर्डकै ए ग्रुप पहिलो , बाल्मीकि स्कूलको ग्रुप वि दोस्रो र अक्सफोर्डकै सि ग्रुप तेस्रो भएका थिए । अक्सफोर्ड कलेजका ईन्जिनियरिङ्ग बिभागका कार्यक्रम संयोजक भिम भण्डारीले बिज्ञान सिद्धान्त प्रयोगगरि बिद्यार्थीले आबिस्कार गरेका बस्तुको प्रदर्शनि गरिएको बताउनु भयो । कलेजका प्राचार्य हरि भण्डारीले राजधानी बाहिर पहिलो पटक रोवोरेस गराईएको बताउनुभयो । भण्डारिले किताबि ज्ञान भन्दा ब्यवहारिक ज्ञान दिने यस्ताखाले प्रतिष्पर्धा र प्रदर्शनि निकै सफल भएकोले आगामि दिनहरुमा पनि यसलाई आफुहरुले निरन्तरता दिने बताउनु भयो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *