Home / News / Local / चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि

चितवन १८ भाद्र– विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ। चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरीसिकारीको मारमा छ। निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत बेद खड्का बताउँछन्। उनका अनुसार सन् २००४ मा चितवन निकुञ्जमा ३ सय ७२ वटा एकसिंगे गैंडा थिए। अहिले यसको संख्या ६ सय ५ पुगेको छ।‘यहाँ को पहिचान भनेकै गैंडा हो। गैंडा बचेन भने हामीले अन्तर्राष्ट्रिय सहयोग पाउँदैनौं,’ उनले भने, ‘हामीले गैंडा संरक्षणका लागि मध्यवर्ती क्षेत्रका जनतासँग मिलेर काम गरेका छौं। स्थानीय समुदायको सहयोगले नै गैंडा जोगिएको छ।’गैंडा संरक्षणका लागि बासस्थान जोगाउने अभियान थालेको उनले बताए। गैंडालाई घाँसे मैदान र हिलो माटो चाहिन्छ। यो निकुञ्ज ९ सय ५२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ भने मध्यवर्ती क्षेत्रसमेत गरी १ हजार ६ सय ८२ वर्गकिलोमिटर छ। यसको २५ प्रतिशत भाग मात्रै गैंडालाई उपयुक्त भएको उनले जानकारी दिए।‘गैंडालाई नदी जोडिएको घाँसे मैदान चाहिन्छ। गैंडा मानव बस्तीको नजिक बस्न रुचाउँछ,’ उनले भने, ‘यही स्वभावले पनि चोरी तस्करी भएको हो।’

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *