Home / Business / साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

चितवन १८ भाद्र– दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै बिक्री हुने अनुमान रहेको उहाँले बताउनुभयो । उक्त पसलमा चिनी रु ७७।५० छ भने नून रु १८ प्रतिकिलो छ । बाहिर बजारमा भने चिनी रु ८५ र नून रु २० मा बिक्री हुने गरेको छ । विगत वर्षमा सामान्य मात्रै फरक भए पनि यसपाली मूल्यमा निकै फरक रहेको भन्दै उहाँले सुपथ पसलमा ग्राहको संख्या बढ्ने आशा व्यक्त गर्नुभयो । साल्ट ट्रेडिङमा स्टक सामान पर्याप्त रहेकाले चाडबाडका कुनै पनि ग्राहक फर्किनु नपर्ने जनाइएको छ । सरकारले दिएको निर्देशनअनुसार पसल शुरु गरिएको भन्दै यसले सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । गत वर्ष सुपथ पसलबाट रु ५६ लाखको बिक्री भएको थियो । यो वर्ष करिव रु एक करोड बराबरको सामान बिक्री हुने अनुमान छ । विगतका वर्षमा घुम्ती पसल सञ्चालन गरिएकाले गाउँगाउँका सर्वसाधारणलाई समेत राहत मिलेकामा यसपटक भने उक्त कार्यक्रम नहुँदा ग्रामीण भेगका सर्वसाधारण बजारको महँगो मूल्यमा सामान किन्ने अवस्था छ ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *