चितवन १८ भाद्र– बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यस चलचित्रले हिजो ९शनिबार० एकै दिन एक रोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको छ । यो अहिलेसम्मकै एक दिनमा धेरै ग्रस कलेक्सन भएको रेकर्ड हो । यसअघि चलचित्र ‘लुट २’ले एकै दिन डेढ करोड ग्रस कलेक्सन गरेको थियो । यस चलचित्र शनिबार चितवनका सबै हल हाउसफुल भए । जिल्लाको सबैभन्दा ठूलो सिट क्षमता भएको इन्द्रदेव चलचित्र मन्दिर, नारायणगढकै जलमा, गणेश, पूर्वी चितवनको रत्ननगर र पर्सामा रहेको जनज्योती हलमा सबै शो हाउसफुल रह्यो । काठमाडौं बाहिर चितवनमा यस चलचित्रले शनिबार एकै दिन १२ लाख ७३ हजार ४ सय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ८ सय ३२ सिट क्षमता भएको इन्द्रदेव चलचित्र मन्दिरमा ६ लाख १३ हजार, जलमामा ४ लाख ४० हजार ४ सय, गणेशमा ६८ हजार, पर्साको जनन्योती हलमा ७७ हजार, टाँडीमा ७५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस्तै आज पनि सार्वजनिक बिदा परेकोले नारायणगढको इन्द्रदेव चलचित्र मन्दिर र जलमा हलमा आजका शोहरु पनि हाउसफुल रहेको छ । चर्चित नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको यस चलचित्रलाई दर्शकहरुले खुवै मन पराएका छन् । अहिले माउथ पब्लिसिटि बढेकोले पनि दर्शकको घुईचो हलमा देख्न सकिन्छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको यस चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सनोलमान बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सन विक्रम राईलगायत कलाकारलाई देख्न सकिन्छ ।
Check Also
चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा
चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …