Home / News / Local / बर्तमान सरकार हचुवाको भरमा चलेको छ – नेता नेपाल

बर्तमान सरकार हचुवाको भरमा चलेको छ – नेता नेपाल

चितवन १६ भाद्र– नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकार हचुवाको भरमा चलेको बताएका छन । रत्ननगरमा आज आयोजित नेपाल दुर सञ्चार कर्मचारी संघको आठौं केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारले हचुवाको भरमा चलेको बताएका हुन । नेपालले वर्तमान सरकारको कार्यशैली प्रति आपत्ती जनाउदै अहिलेको सरकार राष्ट्रिय एजेण्डाबाट विमुख रहेको बताए । सरकारले केन्द्रीय र प्रदेश सभाको निर्वाचन मंसिर १० गते तोक्यो उनले भने एकै चरणमा निर्वाचन हुने भयो भनेर हामीले पनि स्वागत गर्यों तर फेरी सरकारले हचुवाकै भरमा मंसिर २१ गते दोश्रो चरणको निर्वाचन घोषणा गरेर केटाकेटी पन देखाएको छ । नेता नेपालले पटक पटक मिति सार्ने सरकारको कार्यशैलीले निर्वाचन हुने हो या नहुने हो आशंका पैदा गरेको बताए । नेपालले देशमा थिती बसालन नसक्नुलेनै देश बिकाशका कार्यबाट पछाडी धकेलीएको बताए । पछिल्ला केही सरकारले आँफुले नेतृत्व पाँउदा देशकालागी भन्दा पनी आँफु निकटका कर्मचारीका लागी सरुवा साथै बडुवालाई मुख्य एजेण्डा बनाएर देश बिकाश हुन नसकेको बताए । नेता नेपालले नेपाल टेलिकमलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताएका छन । कार्यक्रममा कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष दामोदर केसी,नेपाल टेलिकम कर्मचारी युनियन अध्यक्ष राजकुमार मेहता,नेपाल टेलिकम ब्रोकाष्ट युनियनका अध्यक्ष राजेन्द्र दाहाल,नेपाल दुर सञ्चार कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष राजकिशार चौधरी,संघका हल्लाहाकार अशोक कर्ण लगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । परिद्ष भेलामा टेलिकमले प्रदान गर्ने सेवालाई कसरी प्रभावकारी बनाउने र संघको विधान संशोधन गर्ने छ । भेलामा २५० र्पाषद् र २५० अतिथि र अन्य व्यक्तिहरुको सहभागिता रहेको छ ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *