Home / News / प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्धारा युभेन्टसलाई २–१ ले पराजित

प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्धारा युभेन्टसलाई २–१ ले पराजित

चितवन ८ साउन– ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २–१ ले पराजित गरेको छ । अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एकमात्र गोल किएलिनिले गरेका थिए । खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाए । त्यसपछि २६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई २–०को अग्रता दिलाएका थिए । युभेन्टसले खेलको ६६औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको हो । अर्काे गोल गर्न नसकेपछि युभेन्टस २–१ ले पराजित भएको छ । एजेन्सी

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *