Home / News / International / आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

चितवन ८ साउन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन् । चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पले यस्तो बताएका हुनु । अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन् । रुसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरु अस्वीकार गर्ने गरेको छ र राष्ट्रपति ट्रम्पले पनि कुनै साँठगाँठ नरहेको प्रष्टीकरण दिदैँ आएका छन् । यद्यपी अमेरिकामा अपराध प्रमाणित हुनुअघि वा कुनै फौजदारी अभियोग लगाइनुअघि राष्ट्रपतिले माफी दिनसक्ने व्यवस्था छ ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *