Home / News / Local / भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

चितवन ८ साउन– भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ । साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो । रिट निवेदन माथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो

About Editor Hamrofm

Check Also

छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण

चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *