Home / News / Local / अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ७ साउन – अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरे र  ऋद्धिखोलामा  बिहान साढे ४ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक  थापाले बताउनुभयो । पहिरो खसेपछि चितवनबाट काठमाडौं तर्फ जाने र चितवन तर्फ आउने सवारी साधन सवारी बिचबाटोमै रोकिएका छन् । पहिरो  हटाई सवारी साधन सञ्चालनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ । पटक पटक सडक अवरुद्ध हुँदा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

About Editor Hamrofm

Check Also

विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि काे नवाैं बार्षिक साधारणसभा सम्पन्न

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ काे …

Leave a Reply

Your email address will not be published. Required fields are marked *