Home / News / International / अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने

चितवन ७ साउन – कुटनीतिक सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको छ । त्यो सूचना प्रकाशित भएको ३० दिनपछि कार्यान्वयनमा आउने छ । गत महिना उत्तर कोरियाको जेलबाट रिहा भएका अमेरिकी विद्यार्थी ओटो वामबियरको ज्यान गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी थालेको हो । प्रतिबन्ध लागूभएपछि कुनै पनि अमेरिकी नागरिकले विशेष स्वीकृति बिना उत्तर कोरियाको भ्रमण गर्न पाउने छैनन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण अमेरिकासँगको उसको सम्बन्ध तनावमा छ

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *