Home / News / पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश

पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश

चितवन ११ असार– पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे । न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने चर्चा थियो तर उनी मैदानमा आएर टिमका लागि सुरुवाति गोल पनि गरे । ३३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारे । ८० औं मिनेटमा आन्ड्रे सिल्भा तथा इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४–० ले विजयी भयो । जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोड्यो । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्याण्ड अंकको खाता नै नखोली घर फर्कियो ।

About Editor Hamrofm

Check Also

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *