Home / News / International / बेलायतको संसदमा साइबर आक्रमण

बेलायतको संसदमा साइबर आक्रमण

चितवन ११ असार– बेलायतको संसदमा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर साइबर आक्रमण भएको हो । अधिकारीहरुले संसद्को एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन् । यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए । यसपछि लन्डनबाहिर रहेका सांसदहरुले ईमेल पढ्न नसक्ने भएका छन् । एक जना संसदीय प्रवक्ताले संसदीय नेटवर्क युजर्सको खातासम्म अनधिकृतरुपमा पुग्ने प्रयास भएको बताएका छन् । उनले संसद्को खाता र सिस्टमको सुरक्षालाई बलियो बनाउने प्रयास भइरहेको बताए । सरकारी अधिकारीहरुले साइबर हमला नियन्त्रणमा आइसके पनि सतर्कता भने जारी राखेको बताएका छन् ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *