Home / News / फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदै

फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदै

चितवन ७ असार – फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ । आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २÷० ले हराएको थियो । उता पहिलो खेलमा मेक्सिकोसँग २÷२ गोलको बराबरी खेलेको पोर्चुगल आज पहिलो जीतको खोजीमा छ । आज हुने दोस्रो खेलमा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । दुबै टोली जारी प्रतियोगितामा पहिलो जीतको खोजीमा रहेका छन् ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *