Home / News / ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट

चितवन ६ असार – ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट गरिएको छ । नेपाल ब्याडमिन्टन संघले प्रतियोगिताका लागि प्रफुल्ल महर्जन, जीवन आचार्य, प्रवीण लिम्बु र महिलातर्फ रसिला महर्जन, जेसिका गुरुङ र सुनैना मुखियालाई छानेको बताएको छ । प्रतियोगितामा नेपाली खेलाडीले यु १९ उमेरसमूहमा प्रतिस्पर्धा गर्ने संघले बताएको छ । प्रतियोगिताका लागि तीन दिनसम्म राउन्ड रोबिन लिगका आधारमा खेल खेलाइएको थियो । आइतबार सकिएको छनोटमा पुरुषमा ९ र महिलामा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । छनोट खेलमा शीर्ष तीन स्थान हासिल गरेका खेलाडीलाई प्रतियोगिताका लागि छानिएको हो । ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप जुलाई २२ देखि ३० सम्म इन्डोनेसिया हुँदै छ ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *