Home / News / च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानको कब्जामा

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानको कब्जामा

चितवन ५ असार– च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउँदा अलआउट र्गयो । पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए । भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली पाँच तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए । रोहित शर्मा शून्य रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । अजहर अलीले ५९ तथा बाबर आजमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाए ।

About Editor Hamrofm

Check Also

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *