Home / News / International / फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

फ्रान्सका राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेलाई संसदमा स्पष्ट बहुमत

चितवन ५ असार– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले आइतबार भएको संसदीय चुनावमा पाँच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो । म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याएपनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हाँसिल गरेको हो । झण्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसदमा स्पष्ट बहुमतका सहित ठूलो पार्टी बनेको छ । बुहमतका लागि दुई ८९ सिटमा जित्नु पर्नेमा एन मार्चेले तीन सय भन्दा बढी सिट जितेको हो । एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *