Home / News / International / सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनद्धारा भिटो प्रयोग

सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनद्धारा भिटो प्रयोग

भरतपुर,फागुन १८– सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनले भिटो प्रयोग गरेका छन् ।अमेरिका, ब्रिटेन र अन्य सुरक्षा परिषदमा रहेका देशहरुले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा हमला गर्न रासायनिक हतियार प्रयोग गरेको भन्ने आरोपमाझ दमासकसलाई दण्डित गर्न खोजेका थिए ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया सरकार र विपक्षीहरुबीच हाल जेनेभामा भइरहेको शान्ति वार्तालाई यो प्रतिबन्धले कमजोर बनाउने तर्क गरेका छन् । एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले सिरिया सरकारले विभिन्न तीनवटा समयमा विद्रोही नियन्त्रित क्षेत्रमा विषालु क्लोरिन ग्यास प्रयोग गरेको पत्ता लगाएको थियो।त्यसैका लागि पश्चिमा शक्ति राष्ट्रहरुले दमासकसलाई दण्डित गर्न चाहेका हुन् तर रुसले उक्त कदममा बन्देज लगायो र भिटो प्रयोग गर्ने पक्षमा चीन पनि जोडियो ।सिरिया सरकारलाई जोगाउनका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावमा रुसले भिटो प्रयोग गरेको यो सातौंपटक हो ।सन् २०११ मा गृहयुद्ध शुरु भएयता सिरियाबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गरेको प्रस्तावमा चीनले पनि ६ पटकसम्म भिटो प्रयोग गरेको छ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *