Home / News / National / सत्तारुढदलका शीर्ष नेता र मधेशी मोर्चाबीच आजपनि छलफल हुने

सत्तारुढदलका शीर्ष नेता र मधेशी मोर्चाबीच आजपनि छलफल हुने

भरतपुर,फागुन १८–सत्तारुढदलका शीर्ष नेता र मधेशी मोर्चाबीच आजपनि छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ दल नेपाली काँग्रेस सभापति शेरवहादुर देउवा र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा पुनः छलफल हुने भएको हो ।आजको छलफलमा स्थानीय निकायको निर्वाचन तथा राज्यको पुनःसंरचनाका विषयमा छलफल हुने छ । मोर्चाले संविधान संशोधनको काम अगाडी नबढे सरकारलाई दिएको सर्मथन फिर्ता लिने र चुनावमा सहभागि नहुने जनाएपछि त्यस विषयमा पनि मोर्चाका नेताहरुसंग छलफल गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा स्थानीय निकायको निर्वाचन र पुनःसंरचनामा मोर्चालाई सहमति ल्याउने बारेमा छलफल केन्द्रीत हुने छ ।संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेको मधेशी मोर्चाले संशोधनको कामलाई अगाडी नबढाई निर्वाचनको मिति घोषणा गरेको भन्दै चुनाव हुन नदिने चेतावनी दिएको छ । हिजोको मन्त्रिपरिषद बैठकले पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनमाथि सुझाव दिनबनेको समितीको सुझाव पेश भएकाले सरकारको तर्फबाट प्रधानमन्त्रीले ती सुझावका बारेमापनि मोर्चाका नेताहरुसंग छलफल गर्ने बताइएको छ । सरकारले स्थानीय निकायको निर्वाचनको मिती घोषणा गरि काम अगाडी बढाएकाले चुनावमा लाग्न पनि मोर्चालाई सत्तारुढदलले आग्रह गर्ने नेताहरुले बताएका छन् ।

About Editor Hamrofm

Check Also

नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने

चितवन २७ कार्तिक – नारायणगढ मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *