Home / News / Local / कोसीटप्पुबाट ल्याईएका दुई वटा अर्ना पुरानो पदमपुर क्षेत्रमा छाडियो

कोसीटप्पुबाट ल्याईएका दुई वटा अर्ना पुरानो पदमपुर क्षेत्रमा छाडियो

चितवन २०– विश्व सिमसार दिवसका अवसरमा कोसीटप्पुबाट ल्याईएका थप दुई वटा अर्ना आज चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा छाडिएको छ  । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले ती अर्ना छोड्नु भएको हो । सो अवसरमा चितवन जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु तथा कार्यालयका प्रमुखहरु र मध्यवर्ति सामुदायीक वनहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आज छाडिएका सहित ७ पोथि र एक भाले अर्ना पुरानो पदमपुरमा निर्माण गरीएको खुल्ला खोरमा छाडीएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार पहिलो चरणमा अरु थप तीन वटा अर्ना ल्याउने तयारी भई रहेको छ । यस अघि गत शुक्रबार दुई अर्ना पहिलो पटक चितवन निकुञ्जमा ल्याईएको थियो । चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । सो अर्ना ल्याउने कार्यक्रम निरन्तर चलिरहने कँडेलले बताउनुभयो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना राख्नका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण गरिएको छ । बाघले अर्नाको शिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको कँडेलले बताउनुभयो  । बाघ जस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको उहाँले बताउनुभयो । कँडेलका अनुसार २ हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *