Home / News / Local / कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

श्रावण २९– लक्की मिडिया हाउसको आयोजनामा भएको अन्तर मिडिया फुटसल प्रतियोगिताको आज शनिवार भएको खेलमा विजयी हुदै हाम्रो एफ.एम.सेमि फाइनलमा प्रवेश गरेको छ । कालिका एफ.एम.लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै हाम्रो एफ.एम. सेमि फाइनलमा प्रवेश गरेको हो । कालिका एफ.एम.ले गोल गरेर सुरु गरेको पहिलो हाफमा २–१ ले अघि रहेको हाम्रो एफ.एम.ले दोस्रो हाफमा थप एक गोल गरेको हो । हाम्रो एफ.एम.का तर्फबाट किशोर चन्द्र सापकोटाले २ र सुसिल पन्त क्षेत्रीले १ गोल गरेका थिए । अव फाईनल प्रवेशका लागि हाम्रो एफ.एम.ले नारायणी अनलाईन संग भिड्ने भएको छ । नारायणी अनलाईनले आजै भएको खेलमा साप्ताहिक सञ्जाललाई ३–० ले हराउँदै सोमिफाईनलमा प्रबेश गरेको हो ।

About Editor Hamrofm

Check Also

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *