Home / News / National / बस दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

बस दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

श्रावण १३– धनकुटाको परेवादिन गाविसको सिधुवा बजारको हिलटप होटल नजिकै बिहीबार दिउँसो भएको बस दुर्घटनामा ज्यान जानेको संख्या ११ पुगेको छ । दुर्घटनामा परी पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा, धनकुटाको परेवादिन–६ की तारा बस्नेत र उनकी ३ वर्षीय छोरी रेश्मा, परेवादिन–७ धनकुटाकी अतिमाया तामाङ र धरान–२ का बेदप्रकाश अग्रवालको घटनास्थलमै र उपचारकालागि लैजाने क्रममा धनकुटा बुढीमोरङ–८ का सनम तामाङको ज्यान गएको छ ।  बाँकी ५ जनाको अझै परिचय खुल्न सकेको छैन । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको धनकुटा जिल्ला अस्पताल र बाँकी ३८ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

About Editor Hamrofm

Check Also

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *