Home / sports / इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै

श्रावण ५– इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदै छ । नेपाली क्रिकेट टिमले हिजो विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको ४१ रनको जित निकालेको थियो । पाँच ओटा अभ्यास खेल खेल्न बेलायत गएको नेपाली क्रिकेट टोलीले सबै खेलमा उत्कृष्ट जित निकालेको थियो । नेपाली टोलीले पहिलो  खेलमा इस्टबर्नलाई १ सय ८१ रन, दोस्रो खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई ४ विकेटले तेस्रो खेलमा इन्डियन जिमखानालाई २० रनले तथा चौथो खेलमा फ्रि रेस्टरलाई १ सय २९ रनले पराजित गरेको थियो । नेपालले बेलायत भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ ।

About Editor Hamrofm

Check Also

धुर्मुसले भने–“अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त छ”

चितवन, चैत २१- कलाकार तथा धुर्मुस सुन्तली फाण्डेशनका अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *