Home / News / International / राष्ट्रपति निर्वाचनका लागि अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने

राष्ट्रपति निर्वाचनका लागि अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने

श्रावण ५– नोबेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै उपराष्ट्रपति पदका लागि इंन्डियानाका गर्भनर माइक पेस उमेदवार हुनेछन् । ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरिएको हो । सम्मेलनको दोस्रो दिन उनलाई बहुमत मिलेको हो । विभिन्न राज्यबाट सम्मेलनमा सहभागी प्रतिनिधिहरुले दिएको समर्थनका आधारमा ट्रम्पलाई उमेदवार बनाउने निर्णय भएको हो । पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा रहेका अरु १६ जनालाई पछि पार्दै ट्रम्पले यो सफलता पाएका हुन् । ट्रंपले राष्ट्रपति पदको उमेदवारीको आधिकारिक स्वकार भोली मात्रै गर्नेछन् ।

About Editor Hamrofm

Check Also

आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

चितवन ८ साउन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *