Home / News / National / तनहुँको गुणादीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको गुणादीमा बस दुर्घटना हुँदा ११ जना घाइते

श्रावण ५– तनहुँको गुणादीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखराबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख ६४४७ नंको बस दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय नारायणप्रसाद पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते पाण्डेलाई दमौलीमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ भने अन्यको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा गुडेका कारण घुम्ती सडकमा उक्त बस अनियन्त्रित भई पृथ्वीराजमार्ग सडकबाट करिब १५ मिटर तल गई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

About Editor Hamrofm

Check Also

चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु

चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *