Home / News / National / राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सभामुखको आग्रह

राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सभामुखको आग्रह

श्रावण ५– सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । दाहाल निवास पुग्नुभएकी सभामुख घर्ती र माओवादी केन्द्रका अध्यक्षबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको थियो । भेटमा सभामुख घर्तीले दलीय सहमति भएमा सोही अनुसार संसदको कार्यसूची तय गर्न आफू तयार बताउँदै सहमति नभएका यसअघि सुचित कार्यसूचीलाईनै अघि बढाउन बाध्य हुने जानकारी दाहाललाई गराउनुभएको थियो । दाहालले दलहरुबीच सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट प्रयास गर्ने जनाएको सभामुखको सचिवालयले जनाएको छ । संसदमा दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई भोली बस्ने बैठकको कार्यसूची बनाएपछि प्रधानमन्त्री र उहाँको दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ । एमालेले तीनवटा आश्रित विधेयकलाई कार्यसूचीबाट हटाएर सभामुखले पेल्न खोजेको आरोप लगाउँदै आएको छ । त्यस्तै सभामुख घर्तीले आजै बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नु भएको छ । उहाँले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुहुने भएको छ ।

About Editor Hamrofm

Check Also

सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन २५ कार्तिक– सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *