Home / News / असई हत्याबारे गृहले भन्यो-मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाबाट आक्रमण -गृह

असई हत्याबारे गृहले भन्यो-मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाबाट आक्रमण -गृह

२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ ।

महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि सांघातिक आक्रमण गरेको गृहले बताएको छ । विहान भएको आक्रमणमा परी घाइते भएका उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।

अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेको गृह मन्त्रालयले नाएको छ ।

धनुषामा पनि सुरक्षाकर्मीमाथि फायरिङ भएको मन्त्रालयले बताएको छ । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।

via:Online Khabar

About hamrofm

Check Also

२०७५को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चितवन,बैशाख १- पर्बत लिमिठाना चितवन सम्पर्क मन्चले नयाँ वर्ष २०७५को अवसरमा शुभकामना आदानप्रदान तथा ७० …

One comment

  1. Hi, this is a comment.
    To delete a comment, just log in and view the post's comments. There you will have the option to edit or delete them.

Leave a Reply

Your email address will not be published. Required fields are marked *